युनाइटेडलाई हराउँदै सिटी फाइनलमा

एजेन्सी । म्यान्चेस्टर सिटीले चिर प्रतिद्वन्द्वी म्यान्चेस्टर युनाइटेडलाई पराजित गर्दै काराबाओ कपको फाइनलमा प्रवेश गरेको छ । सिटीले अब वेम्बलीमा हुने फाइनलमा टोटनह्याम हटस्पर्सको सामना गर्नेछ । सिटी लगातार चौथो पटक उपाधि जित्ने होडमा रहेको छ ।
दोस्रो हाफमा जोन स्टोन्स र फर्नान्डिन्होले गोल गर्दै सिटीलाई जित दिलाउनु भयो । यसअघि दुवै टोलीको गोल रद्द गरिएको थियो । स्टोन्सले सेट पिसमा युनाइटेडको कमजोरीको फाइदा उठाउँदै सिटीलाई अग्रता दिलाउनु भयो भने फर्नान्डिन्होले २० यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै टोलीको जीत सुनिश्चित गर्नु भयो ।
फाइनलमा पेप ग्वार्डिओलाको टोलीले जोसे मोरिन्होलाई टोलीलाई हराउनु भयो ।


प्रकाशित | २३ पुष २०७७, बिहीबार ०८:५२