काठमाडौं उपत्यकामा १ हजार ५९९ सहित २ हजार २५३ कोरोना संक्रमित थपिए, सातको मृत्यु

काठमाडौं : नेपालमा पछिल्लो २४ घन्टामा २ हजार २५३ जनालाई कोरोना संक्रमण देखिएको छ । यो सँगै संक्रमितको कूल संख्या ८६ हजार ८२३ पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १२ हजार ७८४ जनाको पिसिआर परिक्षणमा २ हजार २५३ जनालाई संक्रमण देखिएको पुष्टि गर्नुभयो ।

पछिल्लो २४ घण्टामा १ हजार ३२९ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ६४ हजार ६९ पुगेको छ। देशभर २२ हजार २१९ जना सक्रिय संक्रमित छन्।

उपत्यकामा १ हजार ५९९ थपिए

काठमाडौं उपत्यकामा १ हजार ५९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै उपत्यकामा कोरोनाबाट संक्रमित हुनेको संख्या २९ हजार ५ सय १७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आइतबार काठमाडौंमा १ हजार ३७३, भक्तपुरमा ३९ र ललितपुरमा १८७ संक्रमित थपिएका हुन ।

७ जनाको मृत्यु

नेपालमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय ३५ पुगेको छ। ६ वटा जिल्लाका ४ महिला र ३ पुरुष गरी ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

चितवनमा ५५ वर्षीया महिला, काठमाडौंमा ५५, ललितपुरमा ७७ वर्षीय पुरुष, मकवानपुरमा ५ दिने बालिका, बाँकेमा २५ वर्षीया महिला, ६० वर्षीय पुरुष र कञ्चनपुरमा २९ वर्षीय महिलाको मृत्यु भएको छ।


प्रकाशित | १८ आश्विन २०७७, आईतवार १९:०१