निर्धारित मितिमै निर्वाचन हुन्छः गोकुल बाँस्कोटा

काठमाडौँ । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधिसभा सदस्यको निर्वाचन निर्धारित मितिमै हुने बताउनु भएको छ ।
राष्ट्रिय युवा सङ्घ नेपाल धुलिखेल नगर कमिटीद्वारा आज आयोजित कार्यक्रममा उहाँले निर्वाचन नसर्ने उल्लेख गर्दै निर्वाचनमा को कहाँ भन्ने हैसियत जनताले निर्धारण गरिदिने स्पष्ट पार्नु भयो ।
उहाँले संविधानको धारा–८५ मा संसद् विघटनको अधिकार रहेको जिकिर गर्दै यसबारे निर्वाचनमा जान नचाहनेले जनतामा भ्रमण फैलाइरहेको उल्लेख गर्नु भयो ।
उहाँले निर्वाचनमा जनताको घरदैलोमा जाँदा सरकारले गरेको कामको ‘फियरिस्त’ लिएर जाने बताउनु भयो ।


प्रकाशित | १८ पुष २०७७, शनिबार १६:३८