मतदाता नामावलीप्रति अध्यक्ष पदका उम्मेदवार थापाको आपत्ति : नामावली पुन: प्रकाशन गर्न माग

अमेरिका: गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिका अध्यक्ष पदका उम्मेदवार संजय थापाले निर्वाचन कमिटीले सार्वजनीक गरेको मतदाता नामावलीप्रीत आपत्ति जनाउनुभएको छ । थापाले निर्वाचन कमिटिले सार्वाजनिक गरेको मतदाता नामावलीले सबैको साझा भावना नबुझेको बताउनुभयो । एक बिज्ञप्ति जारी गर्दै थापाले भन्नुभएको छ, ‘निर्वाचन कमिटिले सार्वाजनिक गरेको मतदाता नामावलीले सबैको साझा अभियान र सपनाको मर्म नबुझेको पो हो कि जस्तो लागेको छ । सदस्यहरुलाई सुचीकृत गर्दा वर्णानुक्रम अनुसार, ठेगाना अनुसार लयवद्ध नगरिएकोले निर्वाचन विश्वसनीय हुँदैन कि भन्ने आशंका गर्नेहरुलाई शंका गर्ने आधार मात्रै दिएको छ ।’ तसर्थ, म निर्वाचन कमिटिलाई मतदाता नामवली पुन प्रकाशन गर्न अनुरोध गर्दछु ।’  थापाको बिज्ञप्ति जस्ताको तस्तै ;

आदरणीय अमेरिकावासी दाजु भाइ दिदि वहिनीहरु 
हार्दिक अभिवादन
हामि हामी सबैको साझा र प्यारो संस्था एनआरएन एनसिसीको निर्वाचनको निकट आइपुगेका छौं l संस्थालाइ सबैको प्रिय मात्रै नभएर यसलाइ सबैको निम्ति विश्वासयोग्य बनाउने अभियानले क्रमश एउटा गति लिएर गएको छ l हामि सबैको पहल, प्रयत्न र खवरदारीमा भएको यो उपलव्धि वास्तवमै गौरवयोग्य छ l यद्धपि हामीले गर्नु पर्ने थुप्रै काम अझै बाँकी नै छ , र विगतमा झैं आउने दिनमा पनि सबै मिलेर एनआरएनलाइ भरोसायोग्य बनाउन थुप्रै गर्नु पर्ने छ , र त्यसो गर्दै गर्दा हरेक कदम बढो सावधानीपुर्वक चाल्नु पर्ने छ l यसो भन्दै गर्दा निर्वाचन कमिटिले सार्वाजनिक गरेको मतदाता नामावलीले हाम्रो साझा अभियान र सपनाको मर्म नबुझेको पो हो कि जस्तो लागेको छ l सदस्यहरुलाइ सुचिकृत गर्दा वर्णानुक्रम अनुसार , ठेगाना अनुसार लयवद्ध नगरिएकोले निर्वाचन विश्वसनीय हुँदैन कि भन्ने आशंका गर्नेहरुलाइ शंका गर्ने आधार मात्रै दिएको छ l तसर्थ, म निर्वाचन कमिटिलाइ निम्न अनुसारको प्रक्रिया अपनाउदै मतदाता नामवली पुन प्रकाशन गर्न अनुरोध गर्दछु : 

. NRNA NCC USA को निर्वाचनको भोटर लिष्ट प्रकाशित भएछ तर अचम्म यत्रो ९१७२ मा आफ्नो नाम काहॉ खोज्ने 

. मतदाताहरुको सुची राज्य अनुसार गरियोस
. मतदाताहरुको सुची वर्णानुक्रम ( अल्फावेट) अनुसार गरियोस l
. मतदाताले आफ्नो नाम खोज्दा सजिलै पाउने व्यवस्था गरियोस
सँस्थाको विश्वसनीयता , निर्वाचन कमिटिको निस्पक्षता समेतलाइ ध्यानमा राखेर अगाडी सारिएको उल्लेखित मागहरुलाइ तत्काल सुनुवाई गरिने अपेक्षा सहित गम्भीरताको निम्ती आग्रह गर्दछु l


प्रकाशित | २६ चैत्र २०७५, मंगलवार ०८:२०