सुदूरपश्चिममा भूकम्पको धक्का

बैतडी : सुदूरपश्चिममा शनिबार राति भूकम्पको धक्का महसुस गरिएको छ । शनिबार राति ९ बजेर ८ मिनेटमा गएको भूकम्पको धक्का बैतडी, दार्चुला र बझाङमा महसुस गरिएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बझाङ सदरमुकाम चैनपुरबाट पूर्वतिर कैलाश केन्द्रबिन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको हो ।


प्रकाशित | १२ जेष्ठ २०७६, आईतवार ०९:३८