आधिकारिकता बारे मौन बसेको भन्दै कुँवर नेतृत्वको एनआरएनए पुन: पुग्यो परराष्टमा, दुवै टिमलाई मिलेर आउँन मन्त्रीको सुझाव

काठमाडौँ: परराष्ट्रमन्त्री डा. नारायण खड्का र विनोद कुँवर नेतृत्वको गैर आवासीय नेपाली संघ (एनआरएनए) बीच भेटवार्ता भएको छ । लामो समयसम्म पनि आधिकारिता बारे मौन बसेको भन्दै कुँवर नेतृत्वको एनआरएनए मंगलबार पुन: परराष्ट् मन्त्रालय पुगेको हो ।

भेटका क्रममा संघका अध्यक्ष कुँवरले केही पात्रहरु एनआरएनएको सिद्धान्त र मूल्य मान्यताको विरुद्ध गएको र आफूहरु त्यसविरुद्ध उभिएको बताउँदै आफू नेतृत्वको टीमले आधिकारिकता पाउनु पर्नेमा दाबी गर्नु भयो । 

मन्त्रालयले यसबारे नबोल्दा विश्वभर छरिएर रहेका गैर आवसीय नेपालीहरु अन्यौलमा परेको उहाँको भनाई थियो ।

उहाँले यस्तो समस्या आउँदा गैर आवासीय नेपालीहरुले लगानी गर्न पनि गारो मानेको भन्दै छिटै समस्या समाधानको पहल गर्न मन्त्रीलाई आग्रह गर्नु भयो । 

जवाफमा मन्त्री खड्काले दुबै टीमका साथीहरु मिलेर जानुपर्नेमा जोड दिँदै मन्त्रालयले सबैलाई एउटै व्यवहार गरेको बताउनु भयो । मन्त्री खड्काले दुबै टिमले छलफल गरेर सामुहिक धारणा बनाएर आए मन्त्रालयलाई सजिलो हुने बताउनु भयो ।

एनआरएनएको लागनीको सुरक्षा सरकारले लिने र त्यसको लागि आवश्यक वातावरण वनाउन सरकार तयार रहेको बताउँदै मन्त्री खड्काले लगानी भित्र्याउन आग्रह समेत गरेको भेटपछि अध्यक्ष कुँवरले जानकारी दिनु भयो ।

परराष्ट्र मन्त्रालयमा एनआरएनएका दुवै टिमले आधिकारिताका लागि निवेदन पेश गरे पनि अहिलेसम्म कसैलाई पनि मान्यता दिएको छैन ।


प्रकाशित | ३१ जेष्ठ २०७९, मंगलवार २२:१४