बहराईनमा ‘नेपाल भ्रमण वर्ष २०२०’ को शुभारम्भ (फोटोफिचरसहित )

बहराईन :  नेपाल र बहराईनबीच दौत्य सम्बन्ध स्थापीत भएको ४३ औं वर्षगाँठको अवसर पारेर बहराईनमा पनि  नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ गरिएको छ । नेपाल सरकारले भ्रमण वर्ष २०२० लाई उत्सवको रुपमा मनाउँदै २० लाख पर्यटक भित्याउने लक्ष्यका साथ अगाडि बढिरहँदा विभिन्न देशमा भ्रमण वर्ष भब्य रुपमा मनाउने क्रम जारी छ ।

नेपाली राजदुतावास बहराइनको आयोजना र गैर आवासीय संघ बहराईनको सहआयोजना तथा विभिन्न संघसस्थाहरुको सहयोगमा बहराईनमा नेपाल भ्रमण वर्षको भब्य शुभारम्भ गरिएको हो ।

एनआरएनए बहराईन अध्यक्ष तथा भिजीट नेपाल २०२० बहराईन सहयोगी समिति संयोजक लक्ष्मी गिरीका अनुसार विभिन्न जात जाती, भाषा, धर्म, विभिन्न संघसस्था लगायतको बाक्लो सहभागितामा भ्रमण वर्षको शुभारम्भ भएको हो ।

बहराईन सरकारका परराष्ट सचिव Dr. Shaikha Rana Bint Al Khalif ले भ्रमण वर्षको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा Bharain Tourism and Exhibition Authority  का प्रमुख कार्यकारी अधिकृत Nader Khalil Al amoayyed का साथै बहराईन परराष्ट मन्त्रालय, श्रम मन्त्रालय, अन्य सरकारी निकायका उच्च पदस्थ अधिकारीहरु, विभिन्न देशका कुटनैतिक नियोगका प्रमुखहरु, ब्यापारीक घरनाका ब्यक्तीहरु, पर्यटन ब्यवसायीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाली राजदूतावासका राजदूत पदम सुन्दास, नेपाल राजदूतावासका उपनियोग प्रमुख अरुण घिसिङलगायतले भ्रमण वर्ष सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।

सोही कार्यक्रममा एनआरएनए बहराईन र भिजीट नेपाल २०२० सहयोग समितिले अतिथिहरुलाई भिजीट नेपाल २०२० अंकृत मग र ब्याग उपहार स्वस्प प्रदान गरिएको थियो ।

 

 


प्रकाशित | ३ माघ २०७६, शुक्रबार १२:०७