मकवानपुरमा दुई वटा गाडीमा आगजनी

मकवानपुर: मकवानपुरमा दुई वटा सवारीसाधनमाथि आगजनी भएको छ। जिल्लाको भीमफेदी गाउँपालिकामा तरकारी बोक्ने ट्रक र थाहा नगरपालिकामा बुधबार राति कुखुरा बोक्ने जिपमा आगजनी भएको हो ।  जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रवक्ता प्रहरी निरीक्षक सागरविक्रम राणाका अनुसार थाहा नगरपालिका–४ सिमभञ्ज्याङमा हेटौंडातर्फ आइरहेको ना २ च ९०९४ नम्बरको कुखुरा बोक्ने जिपमा तीन जनाको समूहले आगजनी गरेका हुन्। जिपको अगाडिको भागमा पूर्ण रुपले क्षति पुगेको छ। त्यस्तै, भीमफेदी गाउँपालिका–९ गोलमोडमा बिहीबार मध्यरातमा १२ः२० बजे पालुङतर्फ गइरहेको ना ४ ख ७९६० नम्बरको तरकारी लोड गरेको मिनी ट्रकमा तोडफोड र आगजनी गरिएको छ।


प्रकाशित | ५ बैशाख २०७६, बिहीबार १२:१५