यस्तो छ बलिउड अभिनेत्री रेखाको फिटनेस र ब्युटी सेक्रेट्स

भारतीय नायिका रेखा बलिउड फिल्म उद्योगमा सन् १९७० को दशकदेखि नै संलग्न छिन्। उनी सबैभन्दा सुन्दर नायिकाका रुपमापनि परिचित छिन्, जसले सत्तरीको दशकदेखि अहिलेसम्मका नायकनायिकासम्म संगै काम गरिसकेकी छिन्। उनले आफ्नो सौन्दर्यलाई अहिलेसम्म कसरी कायम राखेकी छिन्। आउनुस् थाहापाउनुस्, उनको ब्युटी सेक्रेट्स :

डाइट : सही खानेकुरा खानु रेखाका लागि महत्वपूर्ण हो। उनी बेस्सरी फ्राइ गरेको र चिल्लो खानेकुरा खाँदिनन्। रोटी, दही, तरकारी र सलाद उनको खानाको अंग हुन्। उनी शाकाहारी हुन् र ओखर र अनार पनिउनी धेरै खान्छिन्। उनी खाना खाएको तीन घन्टापछि मात्रै सुत्न जान्छिन्। उनी सकेसम्म साँझको साढे ७ बजेसम्म डिनर लिइसक्छिन्।

फिटनेश : रेखा स्वस्थ रहन र शरीरको आकारलाई दुरुस्त राख्न दैनिक १० देखि १५ मिनेटसम्म शारीरिक अभ्यास गर्छिन्। उनी गार्डेनिङ, नृत्य गर्न मन पराउँछिन्। यसबाट शरीर पनि फिट हुने उनको विश्वास छ। फिटनेश रुटिनमा उनी योगा पनि गर्छिन्।

स्पा : दैनिक रुपमा स्पा जानु रेखाको नियमित रुटिन हो। उनलाइ अरोमाथेरापी र आयुर्वेदिक मसाजको महत्व राम्रोसंग थाहा छ। त्यसैले उनी घरमा आफैले मसाज र स्पा गर्छिन्।

असल निद्रा : राम्रो स्वास्थ्यका लागि निद्रापनि आवश्यक छ भन्ने उनलाई थाहा छ। त्यसैले उनी चाँडै सुत्ने र बिहान चाँडै उठ्ने उनको बानी छ। यसले उनलाई दिनभर उर्जा दिन्छ।

कपाल : कपालको महत्व राम्रोसंग बुझेकी रेखाले यसलाई राम्रो हेरविचार गर्छिन्। उनले दही, अण्डा र मह मिसाएर आफैंले होमप्याक बनाउछिन्। उनी सातामा केहीदिन नरिवलको तेलले पनि कपालको मसाज गर्छिन्। जसले उनको कपाललाई चमकदार र उज्यालो बनाइरहेको हुन्छ। उनी बाहिर बजारमा पाइने उत्पादनहरू सकेसम्म लगाउँदिनन्।

छाला : रेखा मेकअप नउतारिकन सुत्दिनन्। उनी क्लिनसिङ, टोनिङ र मोस्चराइजिङ नियमित गर्छिन्। शरीर सुख्खा बन्न नदिन उनी दिनमा प्रशस्त मात्रामा पानी पिउछिन्। जसले शरीरको विषाक्त पदार्थ बाहिर फ्याँक्न मद्धत पुग्छ र शरीरलाई ताजा र सक्रिय बनाउन सहयोग पु¥याउँछ।

आँखा : रेखाको आँखा बोल्ड, प्राकृतिक र अभिव्यक्त गर्ने खालको छ। उनी आँखालाई आकर्षक बनाउन चाहिँदो मात्रामा लाइनर र आइ स्याडो लगाउँछिन्। आँखीभौंलाई हल्का मस्कारा लगाउँछिन्।


प्रकाशित | २ जेष्ठ २०७७, शुक्रबार ०९:१३