प्रचण्ड समुहसँग चुनावमा जाने एजेण्डा र आँट छैन : आनन्द पोखरेल

चितवन । नेकपा बागमति प्रदेश कमिटीका अध्यक्ष तथा पूर्वमन्त्री आनन्द पोखरेलले प्रचण्ड समूह चुनावमा जान डराएको बताउनुभएको छ । प्रचण्डसँग चुनावमा जाने एजेण्डा र आँट नै नभएको पोखरेलले बताउनुभयो । ‘प्रचण्ड समुहसँग चुनावमा जाने एजेण्डा र आँट नै छैन, चुनाव जित्ने आधार नभएपछि उहाँहरु डराउनु भएको छ,’ चितवनले आज आयोजना गरेको जनसभामा बोल्दै पोखरेलले भन्नुभयो ।

पोखरेलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलले राष्ट्रियता र समृद्धिको अभियान अघि बढाएपछि प्रचण्ड माधवहरु देशबिरुद्धको अभियानमा लागेको बताउनु भयो । ‘नेपाली जनताले केपी ओलीलाई राष्ट्रवादी नेताको सर्टिफिकेट दिइसकेका छन्, देशबिरुद्ध अभियानमा लागेका पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले दिने होइन,’ अध्यक्ष पोखरेलले भन्नुभयो ।

‘प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली राष्ट्रवादी नेता हो, यो नेपाली जनताको भनाइ हो’, नेकपा वाग्मती प्रदेशका अध्यक्ष आनन्द पोखरेलले भन्नुभयो । उहाँले प्रधानमन्त्री केपी ओलीकै कारण संविधान जारी भएको स्मरण गर्दै विगतमा संविधान जारी गर्न नदिन अनेक षड्यन्त्र रचिएको बताउनुभयो ।


प्रकाशित | १७ माघ २०७७, शनिबार २०:३४