असार ९ गतेदेखि ५ देखि ११ वर्षका बालबालिकालाई ‘फाइजर’ खोप लगाइने

काठमाडौँ: आगामी असार ९ गतेदेखि पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका ३९ लाख बालबालिकालाई ‘फाइजर’ खोप लगाइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले बालबालिकालाई खोप प्रदानका गर्नका लागि विद्यालयमा खोप केन्द्र तोकी दुई चरणमा खोप अभियान सञ्चालन गर्न लागिएको बताउनु भयो ।

पहिलो चरणमा २७ जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म पहिलो मात्रा र दोस्रो मात्रा साउन २ देखि ८ गतेसम्म सञ्चालन गरिने मन्त्री खतिवडाले बताउनु भयो ।

त्यस्तै दोस्रो चरणमा ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र त्यही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिने छ ।

नेपालमा अहिलेसम्म पाँच करोड ३३ लाख मात्रा खोप भित्रिसकेको छ । बाह्र वर्षभन्दा माथिका ८५ प्रतिशतलाई पहिलो, दोस्रो र बुस्टर मात्रा खोप प्रदान गरिसकेको र ९६ प्रतिशतलाई पहिलो मात्रा खोप लगाइसकेको पनि मन्त्री खतिवडाले बताउनु भयो ।


प्रकाशित | २० जेष्ठ २०७९, शुक्रबार २१:२०