कम्रेड राजा महेन्द्र

राजु खप्तडी बस्नेत

देशलाई एकजुट राख्ने कुनै साझा आधार नै भएन। एउटा पातालो राष्ट्रियताको भावमण्डल अझै पनि छ जस्तो देखिन्छ तर त्यसको तह पनि विस्तारै खण्ड खण्डमा,विभाजित दृष्टिकोणमा ज्याज्याइ पिच्छेको परिभाषा र तर्कहरुको धुँवै धुँवाको भुमरीमा फसेको छ।यसो हेर्दा नेपाल कहिले पनि कसैको गुलाम भएन तर विभिन्न आयातित राजनैतिक सिद्धान्तहरुको गुलाम भने भइरह्यो र यद्यपि छँदैछ।एउटा नागरिकलाई सामान्य जीवनयापन गर्न राज्यको तर्फबाट इमान्दारीपूर्वक एउटा प्रभावकारी प्रयास भए पुग्छ।राजनीतिज्ञहरुले प्रयोगमा ल्याएका वादहरुले समाज अलमल्याउने प्रयाश बाहेक अरु केही भएको नै देखिदैन।

कोरोनाको भ्याक्सिन कुन चाहिँ वादले बनायोरुजति पनि आधुनिक आविस्कारहरु छन जसले मानिसको जिवन शैलीमा सहजीकरण गरेको छ,यी चिजहरू कुन चाहिँ राजनैतिक वादका उपजहरु हुनरुयो कुनै इजम संग सम्बन्धित विषयवस्तु हुन जस्तो लाग्दैन।यो ज्ञान, विज्ञान, अनुभव र अनुसन्धानका उपज जस्तो लाग्छ ।कुन चाहिँ राजनैतिक वादले भ्रष्टाचारलाई आफ्नो खेमाको विशेषता भनेर स्वीकार गर्न सक्छ रु।यदी सक्छ भने त्यस्तो वाद हामीलाई किन आवश्यक पर्यो र सक्तैन भने भ्रष्टाचार कुन चाहिँ वाद वा इजम भित्र पर्छ छुट्ट्याइदिनु पर्यो। वामपन्थीले पनि भ्रष्टाचार आफ्नो विशेषता नभएको भन्ने अनि त्यसैगरी गैरवामपन्थीले पनि आफ्नो विशेषता हुदै नभएको भन्ने गरे पछी यो विचरो वाद विनाको नाजायज भ्रष्टाचार कस्को औलाद हो भने दिनु पर्यो नी राजनितिज्ञले।

भत्काउनु पर्ने कुसंस्कार थियो यहाँ संस्कार नै भत्कियो। भत्काउनु पर्ने रुढीवादी अन्धविश्वास थियो तर यहाँ एक अर्का विचको विश्वास नै भत्कियो। यसमा तर्क आउन सक्छ, सन्सार विश्वासमा नै अडिएको छ। तर तपाईँहरुलाई भनौं म त्यो विस्वास निकै साँघुरो छ,निश्चित व्यक्तिहरु विचमा छ,आफ्नैहरु विचमा पनि हराइसक्यो।परिवारमा पनि विस्तारै हराउँदै छ।खै सामाजिक विस्वास कहाँ गयोरु,खै आफ्नै समुदाय भित्रको विश्वास कहाँ गयोरुखै राष्ट्रिय विश्वास कहाँ छरु ।।।सबै देसमा प्रचलित राजनीतिक वादहरुले खायो।मेरो अनुभवमा ६२्र६३ को आन्दोलन पछि देशमा सबै भन्दा बडी केही आयो भने त्यो हो सामाजिक विकृति। मैले आइ कम ९अहिले हटायो०पढ्दा र संगसगै वि वि ए स पढ्दा सम्म समाज परिवर्तन प्रति निकै चेतनशील र सभ्य नै थियो। मास्टर्स गरुन्जेल विकृत भइसकेको थियो। देशको एक कालखण्डको अवतरण नै भन्नु पर्छ,त्यस अवतरण पछि विकाशको बजेटहरुमा यति अनियमितता बड्यो की जस्ले एकथरी मध्यमवर्ग देशको उच्च वर्गमा परिणत भयो।देश सञ्चालनका तल देखि माथि सम्मका ताल साँचो उनिहरुकै हातमा पुग्यो र छ।

उनिहरुको ध्येय भनेको आर्थिक रुपमा सम्पन्नशाली हुने र त्यो हिजोको परम्परागत उच्च वर्गको जस्तै भोगविलास गर्ने,त्यसै गरि उता परम्परागत उच्च वर्ग आफ्नो हैसियत कायमै राख्न उ पनि विभिन्न हतकण्डा अपनाउँदै गयो।यही भुमरीमा नेपाल र नेपालीको भविष्य अन्धकार भयो।जुन थिचोमिचो र अपराधको विरुद्ध नागरिकहरु लडिदिएर मरिदिएर नेताहरुको यो हैसियत बनाएका थिए, आज तिनै नेताहरू कयैन भ्रष्टाचार र अपराधहरुले सुसज्जित छन।तैपनि उनिहरु नै महान छन।किनकी उनीहरूले गणतन्त्र जो ल्याएका छन।त्यसैले उनिहरुलाई सात खुन माफ छ।यो कानुनले उनिहरु र उनिहरुका बाहेक सबैलाई छुन्छ।

समाज त भौतिकवादी छ तर भन्नै पर्ने कुरा, बुझ्नै पर्ने कुरा देश विकासको लागि नैतिकता चाहिन्छ,इमान्दारीता चाहिन्छ,आचरण चाहिन्छ र प्रमुख कुरा उच्चतम मानविय सभ्यता र विवेक चाहिन्छ। मुख्य कुरा शैक्षिक ढर्रा परिवर्तन हुनु जरुरी छ। शिक्षा नै भ्रष्टाचारी बनाउने, भ्रष्टाचारलाई प्रोत्साहन गर्ने खालको छ हाम्रो।तमाम अरु कुरा त छदैछ, नि। मा। वि। स्तरमा नै विद्यार्थीको ल्याकत छुट्याएर सहि दिशा निर्देश गर्नु आवश्यक देखिन्छ।माथि जान सक्ने तान्ने,नसक्ने लाई शिपमूलक प्रविधिक विषयत्व तिर पोख्त बनाई त्यसैमा डिग्री दिलाउनु पर्छ। नत्र एउटा गजबको डकर्मी,प्लम्बर,इलेक्ट्रिसियन, या अन्य टेक्निसियन बन्न सक्ने र देशको पुर्वाधार विकासमा योग्य सम्भावना हुने विद्यार्थी अहिलेको शिक्षा प्रणालीमा माथि पुगेर नेताको पछि लागेर टायर बाल्ने ढुङ्गा हान्ने गतिलो कार्यकर्ता बाहेक केही बन्दैन।बनेछ भने भ्रष्टाचार पुर्ण समाजको एउटा अब्बल सदस्य। थ्यौरी र प्राक्टिकल संग संगै लानु पर्यो।कतिपय के पनि देखिन्छ भने सैद्धान्तिक रुपमा थर्ड डिभिजन ल्याउने हरु प्रयोगात्मक रुपमा फर्स्ट डिभिजन पनि ल्याएका छन जिवनमा। वैज्ञानिक र व्यवहारिक शिक्षा प्रणाली आजको आवश्यकता हो।

म सोच्छु कहिले काँही यदि पृथ्वी नारायण शाह, शाह नभएर पृथ्वी नारायण शेर्पा भएको भए के हुन्थ्यो रु राजा महेन्द्र राजा नभएर वि पी को पार्टीको संस्थापक नेता भएको भए के हुन्थ्योरु या राजा महेन्द्र बामपन्थीहरुको कम्रेड महेन्द्र भएको भए के हुन्थ्योरुएउटा नेताको रुपमा मात्रै हेर्ने हो भने यिनीहरु जति ल्याकत भएको कोही नेता नेपालमा जन्मेको छरु।वि पी ले भारतिय काग्रेसको सिको गरेर एउटा समाजवादको परिकल्पना मात्र गरेका हुन ,काम केही पनि गरेका हैनन । र पनि उनि महान मानिन्छन।तर महेन्द्रले त्यो समाजवाद तर्फ जाने विकासको आधारभुत जग बसाल्न ठुलो भुमिका खेलेका छन।केही सामाजिक भेदभाव जिउँदै थिएँ तर विकासोन्मुख त थियो नी।अहिले हामी समाजवाद उन्मुख भनिरहेका छौँ तर सबैलाई थाहा हुनु पर्ने कुरा के हो भने विकास विना समाजवाद आउदैन।समाजवाद भनेको नै विकासको उच्चतम परिकल्पना हो।मैले माथि नै भने की यदि राजा महेन्द्र कम्रेड हुन्थे भने लेलिनको ठाउँमा महेन्द्रको फोटो झुन्डिएको हुन्थ्यो। महान कम्रेड नेता हुन्थे। उन्ले राजा भएर गरेको त्यही काम कम्रेड या काङ्ग्रेसको नेताको रुपमा भएको भए उनि प्रचण्ड,बाबुराम ,माधव या अन्य काङ्ग्रेसका नेताहरुको श्रदेय,विकासप्रमी,राष्ट्रवादी लगायत अन्य पगरी लगाइ दिन्थे।

कसैले भन्लान् त्यत्रो आन्दोलन, त्याग, तपस्या गरेका छन हाम्रा नेताले भनेर। मैले चाहिँ के बुझेँ भने यी आन्दोलन भनेका प्रजातान्त्रिक व्यवस्थामा पनि भइरहने कुरा हुन र यो आगामी समय र समाजमा पनि नया नया मुद्दा र विषयहरुमा समयको माग अनुसार चलिरहनेछ। आजकै व्यवस्थामा पनि कसैले राज्य र व्यवस्था विरुद्ध आन्दोलन गर्दा जेलनेल कार्यवाही भोग्छ नै।मानीलिउ त्यो बेला महेन्द्र भन्ने पात्र नै हुनुहुन्थेन र शाशन सत्ता वि वि कै हातमा भएको भए त्यतिखेरको विश्वपरिवेश र विभिन्न तथ्यपूर्ण लेखहरूलाई आधार मानेर भारतको नियत बुझ्दा नेपालको अस्तित्व फकाएर या दबाएर सिक्किम कै नियति सम्म भोग्नु पर्ने अवस्थालाई छर्लङ्ग दर्साउँछ। अझै पनि भारतको नियत ठिक नभएको कुरा सर्वविदितै छ।

जहाँ सम्म समाजीक भेदभाव लगायत अन्य कुरितिहरुको संरक्षक रुपमा जसरी पञ्चायतलाई दर्शाउन खोजिएको छ।त्यो पनि खण्डनिय कुरा छ।उदाहरणका लागि भारत कै कुरा गरौं न,भारतमा राजारजौटा निर्मूल गरेर विश्व कै ठुलो लोकतन्त्र भएको देश भनिएता पनि के त्यहाँ भेदभाव,छुवाछुत,अन्धविश्वास,कुरितिहरु हटेको छरु छैन।ऊ हामी भन्दा लोकतन्त्रमा धेरै सिनियर हो।अझै भन्नै पर्दा नेपाल भन्दा बढी भेदभाव र कुरिति त्यही छ।राष्ट्रिय रुपमा एकल धर्म,एकल पोशाक, एकल अन्य कुराहरू भन्ने जुन आरोप छ त्यो चाहिँ एक हद सम्म सत्य नै मान्नुपर्छ तर अरुको संस्कार संस्कृति माथि दमन भन्ने कुरामा चाहिँ मेरो असहमति छ। सबैको संस्कृतिको सम्रक्षण आ आफ्नो समुदायले गरैकै थियो। बाहुल्यताको आधारमा केहीलाई राष्ट्रिय चर्चा बढी मिलेको थियो र अस्वभाविक पनि हैन।

मेरो निचोड के छ भने शिक्षा प्रणाली मार्फत नै समाज परिवर्तन हुन्छ। कानुन संविधान प्रमुख त हुन तर पर्याप्त होइनन।जस्तो कानुनमा भ्रष्टाचार अपराध हो नी तर पनि भइरहेको छ। चोरी, डकैती, बलत्कार ,हत्या सबै भइरहेकै छ र यिनीहरु को विरुद्ध कानुन पनि छ ,सजायँ पनि तोकिएको छ तर पनि किन रोकिएको छैन त रु किनकी व्यक्तिमा स्वयंमा विकास हुनु पर्ने विवेक र शिक्षाको अभाव पहिलो कुरा अनि कानुनी उपचारको प्रभावकारितामा कमी।जबरजस्ती एउटा अभ्यासबाट आइरहेको समाज बदल्न कानुन लादेर पुग्दैन र यो तरिका प्रत्युत्पादक पनि हुन्छ। शिक्षाले उसलाई भित्रदेखिको जगमा जागरण ल्याउन सहयोग गर्दछ।व्यक्तिको विवेकले उसलाई भन्नु पर्यो,भेदभाव गलत हो,भ्रष्टाचार गलत हो,चोरी, डकैती ,बलात्कार,हत्या गलत र अपराध हो।अनि स्वविवेक र सभ्यताले यस्ता क्रियाकलाप गर्नबाट आफुलाई रोक्छ र सभ्य समाजको निर्माणमा सहायक बन्छ।तर शिक्षा चाहिँ छैन तर कानुन चाहिँ कडा छ भने ऊ कानुनको अनुपस्थितिमा नियतवश या अन्जानैमा पनि यस्ता गलत काम गर्न सक्छ।त्यसैले शिक्षालाई मुख्य साधनको रुपमा लिनुपर्छ समाजवादमा जानको लागि र आधुनिक समाज निर्माण गर्नको लागि।

वकालत गर्न विल्कुलै खोज्या हैन तर राजाको छोरा राजा हुने परम्परा लोकतन्त्रमा उचित मानिदैन तर प्रजातन्त्रको जननी बेलायतमा अझै छ।ठिकै छ त्यो छोडिदिउँ,प्रजातन्त्र आए पछी सबै भन्दा बढी कस्को परिवारको हातमा देशको व्यवस्था चल्यो त भन्दा कोइराला परिवारको।वि पी कोइराला ,जि पी कोइराला ,एम पी कोइराला,शुशिल कोइराला र अझै पनि शेखर कोइराला लगायतको वर्चस्वमा नै छन।कुन वर्गमा छ त्यो पनि छर्लङ्गै छ।गणतन्त्र आइसके पछि पनि सबै नेताहरुको भाइभतिजावाद उर्वर रुपमा हावि भएको सर्वविदितै छ।तात्विक रुपमा केही पनि फरक छैन। मात्र व्यवस्था प्रणालीको नाम परिवर्तन भएको छ काम हिँजो कै चरम रूपमा अघि बढी रहेको छ।समाज जस्ले सक्यो त्यही धनी र उही माथि जाने प्रवृत्ति बढेको छ।यस्ता वामपन्थीहरुलाई मैले कम्रेड भन्नु पर्दा दुख लाग्छ। बरु राजा महेन्द्र नै कम्रेड थिए नेपालीका लागि। त्यसैले मलाई राजा महेन्द्रलाई कम्रेड राजा महेन्द्र भनेर सम्बोधन गर्न मन लाग्छ। किनकी यि कम्रेड हुन भने यीनीहरु भन्दा कयौं गुणा राष्ट्रवादी,विकासप्रेमी,देशप्रेमी र श्रदेय कम्रेड राजा महेन्द्र नै हुन।


प्रकाशित | १६ पुष २०७७, बिहीबार २१:१७