सिड्नीमा खुल्यो अष्ट्रेलियन प्यासिफिक इन्टरनेशनल कलेज

सिड्नी : प्यासिफिक हस्पिटालिटी एण्ड कलिनरी ऐकेडेमी टिमले अष्ट्रेलियाको सिड्नीमा अष्ट्रेलियन प्यासिफिक इन्टरनेशनल ( ) कलेज शुरु गरेको छ । कलेज औपचारिक रुपमा जुलाई महिनाबाट संचालनमा आउने भएको हो ।

लामो समयदेखी स्किल एण्ड भोकेसनल क्षेत्रमा काम गर्दै आउनु भएका कलेजका सिईओ गणेश केसीले कलेज संचालनमा ल्याउनु भएको हो । केसी गैर आवासीय नेपाली संघ अष्ट्रेलियाका पूर्व अध्यक्ष तथा वर्तमान आइसिसी उपमहासचिव हुनुहुन्छ ।

केसीले जुलाई महिनाबाट अध्ययन शुरू हुने अष्ट्रेलियन प्यासिफिक इन्टरनेशनल कलेजमा सर्टिफिकेट ४, कमर्शियल कुकिंग, डिप्लोमा एण्ड हस्पिटालिटी म्यानेजमेण्ट, डिप्लोमा लिडरशिप एण्ड म्यानेजमेण्ट र एडभान्स डिप्लोमा लिडरशिप एण्ड म्यानेज्मेण्ट बिषयको अध्ययन गराइने जानकारी दिनु भयो ।

समयको माग र युग सुहाउंदो शिक्षा प्रदान गर्नुलाई नै अष्ट्रेलियन प्यासिफिक इन्टरनेशनल कलेजले आफ्नो बिशेषता र पहिचान बनाएको केसीले बताउनु भयो ।  


प्रकाशित | १५ बैशाख २०७९, बिहीबार १३:४२