वाइडबडीमा भेटियो थप अनियमितता, ६ महिनामा डेढ अर्ब नोक्सानी

काठमाडौं : नेपाल वायुसेवा निगमका दुइवटा वाइडबडी विमान खरिद प्रकरणमा थप अनियमितत भेटिएको छ । महालेखा परीक्षकको कार्यालयले गरेको पछिल्लो लेखापरीक्षणमा प्रस्तावअनुसार विमानको अधिकतम अवतरण र शून्य इन्धन क्षमतासमेत नभएको भेटिएको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा कृष्ण ज्ञवालीले लेखेका छन् ।

महालेखाले शंकास्पद रुपमा खडा गरिएको कम्पनी हाई–फ्लाई–एक्सको बिलबिजकमाथि समेत शंका व्यक्त गरेको छ । निगमले दुईवटा वाइडबडी विमानबाट मात्र २०७५ साउनदेखि पुससम्म ६ महिनाको नोक्सानी अनुमानित १ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ ।


प्रकाशित | ३ जेष्ठ २०७६, शुक्रबार ०७:२८