संविधानअनुसार संसद जीवित नै छः जनार्दन शर्मा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले संसद जीवित नै रहेको बताउनु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद विघटन गरेर चुनावको मितिसमेत घोषणा गरिसक्नु भएको छ ।

तर नेकपा सांसदसमेत रहनु भएका उहाँले संविधानअनुसार संसद जीवितै रहेको बताउनु भएको हो ।
‘संविधानअनुसार संसद जिवित नै छ,’ शर्माले आइतबार बिहान फेसबुकमा लेख्नु भएको छ ।


प्रकाशित | ६ पुष २०७७, सोमबार ०९:४५