पार्टी एकतालाई अनुमोदन गर्न नेकपाले बोलायो सचिवालय बैठक

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले साझ ६ बजे सचिवालयको बैठक डाकेको छ । पार्टी एकतालाई अन्तिम रुप दिन नेकपाले बेलुका सचिवालय बैठक डाकेको हो । आइतबार बिहान बालुवाटारमा अध्यक्षद्वय केपी ओलीसँगै पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलबीच भएको छलफलमा सोमबार नै एकता टुङ्ग्याउने गरी आइतबार दिनभर गृहकार्य गर्ने र बेलुका सचिवालय बैठक बोलाएर एकता प्रस्तावलाई अनुमोदन गर्न सचिवालय बैठक बोलाउने सहमति भएको हो । बैठक आइतबार ५ बजे दुई अध्यक्षबीच बैठक बस्ने र ६ बजे सचिवालय बैठक बस्नेगरी जनाइएको छ ।


प्रकाशित | ८ बैशाख २०७६, आईतवार १५:५७