आर्थिक पारदर्शीताका लागि मासिक प्रतिवेदन सबैको हातहातमा पुर्‍याउनेछु : सुनील साह

टेक्सस : गैर आवासीय नेपाली संघका कोषाध्यक्ष सुनील साहले संस्थामा आर्थिक पारदर्शीता कायम गर्नु आफ्नो प्रमुख उद्देश्य रहने बताउनु भएको छ ।

कोषाध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएका साहले आर्थिक पारदर्शीताका लागि मासिक रुपमा आर्थिक प्रतिवेदन तयार पारेर सबै पंचीकृत सदस्यहरुको हातहातमा पुर्‍याउनेछु बताउनु भएको हो ।

विश्व सन्देशसँग कुराकानी गर्नुहुँदै कोषाध्यक्ष साहले आफ्नो कार्यकालमा संस्थाको आर्थिक स्थिति सुधार्न लागिपर्ने बताउनु भयो ।आफुले कोषाध्यक्षको जिम्मेवारी समाल्न शुरु गरिसकेको बताउँदै साहले अबका हरेक महिना सबैको हातहातमा पुग्ने गरि आर्थिक प्रतिवेदन पुर्याउने बताउनु भयो ।

एनआरएनए अमेरिकाको निवर्तमान अध्यक्ष समेत रहनु भएको साहले एनसिसी अमेरिकाको सफलतापुर्वक जिम्मेवारी निर्वाह गर्नु भएको थियो । काममा कटिबद्ध साह संस्थाको लागि केहि गरौ भन्ने भावनाको हुनुहुन्छ । साथै एनसिसी अमेरिकामा धेरै काम गरेकाले साहबाट धेरै अपेक्षा पनि राखिएको छ ।


प्रकाशित | २४ चैत्र २०७८, बिहीबार ०९:३२