पूर्वसभामुख महराकी पत्नीको निधन

काठमाडौं । पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराकी जीवनसंगीनी सीता महराको कोरोना संक्रमणका कारण निधन भएको छ।

दशैंमा पुख्र्यौंली घर रोल्पा मेबाङ गएका बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उहाँलाई कात्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कात्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो।

उहाँमा नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो। १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै आज बिहान ६ः२५ बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ। सीता महरा माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि पीडित हुनुहुन्थ्यो।


प्रकाशित | १९ कार्तिक २०७७, बुधबार ०९:१०