सूर्यविनायक नगरपालिका-९ नंखेलमा कांग्रेसबाट खत्री विजयी

भक्तपुर : सूर्यविनायक नगरपालिका वडा नं. ९ नंखेलमा नेपाली कांग्रेसका भगवान खत्री विजयी हुनु भएको छ । खत्रीले १ हजार ५०९ मत प्राप्त गर्दै विजयी हुनु भएको हो ।

उहाँको निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उपेन्द्र केसीले १ हजार २७ मत पाउनु भयो । कांग्रेसबाट वडामा दलित महिला सदस्य एक जना  विजयी हुनु भयो भने अन्य तीन जना सदस्य एमालेबाट विजयी हुनु भयो ।


प्रकाशित | ४ जेष्ठ २०७९, बुधबार २०:३२