८ मन्त्री र १ राज्यमन्त्री थपिए, कसले पाए कुन मन्त्रालय ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । यसअघि ७ मन्त्रीले सामूहिक राजीनामा दिएपछि रित्त रहेका मन्त्रालयमा ओलीले मन्त्री थप्नुभएको हो । साथै केही मन्त्रीको जिम्मेवारी समेत हेरफेर गरिएको छ । मन्त्रिपरिषदमा ८ जना मन्त्री र एक राज्यमन्त्री थपिएको हो ।

थपिएका मन्त्रीहरुमा क्रमश टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, प्रेमबहादुर आले, गणेश ठगुन्ना, गौरीशंकर चौधरी दावा लामा र जुलीकुमारी महतो र राज्यमन्त्रीमा विमला विश्वकर्मा छन् । थपिएका मन्त्रीलाई आजै शपथ खुवाइएको छ ।

त्यस्तै, युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोती दुगडलाई भने प्रधानमन्त्री ओलीले पदबाट हटाउनुभएको छ ।

कसले पाए कुन मन्त्रालय ?

प्रभु साह- शहरी विकास
प्रेम आले- वन
गणेश ठगुन्ना- सामान्य प्रशासन
गौरी शंकर चौधरी- श्रम
दावा लामा- युवा तथा खेलकुद
जुली कुमारी महतो- महिला बालबालिका
विमला विश्वकर्मा- उद्योग राज्यमन्त्री
भानुभक्त ढकाल- पर्यटन (मन्त्रालय हेरफेर)
हृदयेश त्रिपाठी- स्वास्थ्य (मन्त्रालय हेरफेर)
लीलानाथ श्रेष्ठ- कानुन
शिवमाया तुम्बाहाङ्फे- भूमिसुधार
पद्मा अर्याल- कृषि
कृष्ण गोपाल श्रेष्ठ- शिक्षा


प्रकाशित | १० पुष २०७७, शुक्रबार २०:२४