सञ्चारमन्त्री पार्वत गुरुङलाई सरकारको प्रवक्ताको जिम्मेवारी

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारको प्रवक्ताको जिम्मेवारी पाउनुभएको छ । यसअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारको प्रवक्ताको जिम्मेवारी समाल्नु भएको थियो ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट सञ्चार मन्त्रीमा नियुक्त भएपछि गुरुङले सोमबारदेखि लागू हुने गरी जिम्मेवारी पाउनुभएको हो । मन्त्री गुरुङ वर्तमान सरकारका चौथो प्रवक्ता हुनुभएको छ ।


प्रकाशित | ३ कार्तिक २०७७, सोमबार १७:०२