मनास्लु पदमार्गमा एक रसियन नागरिकको मृत्यु

पोखरा: गोरखाको मनास्लु पदमार्गमा लडेर एक रसियन नागरिकको मृत्यु भएको छ। प्रदेश प्रहरी कार्यालयका डिएसपी गोविन्द पुरीका अनुसार चुम भ्याली गई फर्कनेक्रममा मंगलबार चुमनुब्री गाउँपालिका ३ को भिरबाट खसेर मृत्यु भएको हो । मृत्यु हुनेमा ६४ वर्षका जेटसेभ एलेक्सएण्डर रहेका छन् । भीरबाट खसेका रसियन नागरिक करिव तीनसय मिटर तल खसेको प्रहरीले जनाएको छ ।


प्रकाशित | १७ बैशाख २०७६, मंगलवार १७:३६