अमेरिकामा एनआरएनएको नयाँ सदस्यता, नविकरण, आजिवन सदस्यता वितरणको कार्यलाई तीब्रता

टेक्सस । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्अ मेरिकाले नयाँ सदस्यता, नविकरण, आजिवन सदस्यता वितरणको कार्यलाई तीब्रता दिएको छ । एनसिसी अमेरिकाका अध्यक्ष सुनील साहले नयाँ सदस्यता, नविकरण, आजिवन सदस्यता वितरणको कार्यलाई तीब्रता दिइएको जानकारी गराउनुभयो ।

संघको विधानले व्यवस्था गरेको सदस्यता सम्बन्धी प्रावधान पुरा गरी सदस्य बन्न सक्ने योग्यता पुग्ने गैर आवासीय नेपालीले संघको सदस्य बन्नका लागि निश्चित समय कुरिराख्नु नपर्ने भन्दै अध्यक्ष साहले भन्नुभयो, ‘यो निरन्तरको प्रक्रिया हो । तर पनि संघले यतिखेर सदस्यता वृद्दि, नविकरण, आजिवन सदस्यता वृद्दिलाई विशेष महत्व दिएर अभियान नैं संचालन गरिरहेको छ ।’

‘संघलाई विधि, पद्दती र संस्थागत ढंगवाट अघि बढाउनका लागि संघको विधानले निदृष्ट गरेको निर्वाचन प्रक्रियालाई प्राथमिकतामा राखी प्रत्येक नयाँ कार्यसमिति चयन हुनुअघि त्यस कार्यसमिति चयन गर्न मतदानमा भाग लिन पाउने सदस्यहरुको सुनिश्चितता गर्नुपर्ने हुन्छ । त्यसै पक्षलाई ख्याल गरी अव आउने वर्ष २०२१ देखि २०२३ सम्मको कार्यकालका लागि सदस्यता वितरण, नविकरण र आजिवन सदस्यता वितरणको कार्य दु्त्र गतीमा भैरहेको छ’, अध्यक्ष साहले एक बिज्ञप्ति जारी गर्दै भन्नुभयो ।

यस कार्यमा जुटिरहनुभएका सबै एनआरएनए अभियन्ताहरुलाई धन्यवाद ज्ञापन गर्दै अध्यक्ष साहले थप्दै भन्नुभएको छ, ‘तपाई हामी सबैको साझा प्रयासले फेब्रअरी १५, २०२१ अघि धेरै भन्दा धेरै अमेरिकामा रहनुभएका एनआरएनहरुलाई सदस्यको रुपमा संघको छाताभित्र गोलबन्द गर्न सकिनेमा म विश्वस्त छु ।’


प्रकाशित | १० पुष २०७७, शुक्रबार ०७:५९