गैर आवासीय नेपाली नागरिकता समेटिएको विधेयक प्रमाणीकरण हुनु एनआरएनको लागि आंशिक सफलता : महेश श्रेष्ठ

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष महेश श्रेष्ठले गैर आवासीय नेपाली नागरिकता समेटिएको विधेयक प्रमाणीकरण एनआरएनको लागि आंशिक सफलता भएको बताउनु भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसोधित नेपाल नागरिकता ऐनलाई प्रमाणीकरण गरे संगै राजनैतिक अधिकार बाहेकको गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्ने मार्ग खुलेको उपाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

उपाध्यक्ष श्रेष्ठले एक विज्ञप्ति जारी गर्नुहुँदै नागरिकता विधेयक प्रमाणीकरण भएकोमा स्वागत गर्नुभयो ।

उहाँले भन्नुभयो, ”नागरिकता ऐनमा गैर आवासीय नेपाली नागरिकताको व्यवस्था गरी उक्त ऐन सम्माननीय राष्ट्रपतिवाट प्रमाणिकरण गर्ने अवस्था सम्मका विभिन्न चरणहरुमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने सबैमा यस अवसरमा स्मरण गर्दै हार्दिक आभार व्यक्त गर्न चाहन्छु।”

त्यस्तै, संघले पनि एक विज्ञप्ति जारी गरि गैर आवासीय नेपाली नागरिकताको माग सम्बोधन भएकोमा खुसी ब्यक्त गर्दै एक पटकको नेपाली सधैँको नेपाली भन्ने मूल मन्त्रले छिट्टै सार्थकता पाउने, नेपालमा रहेको सम्पत्तिको सुरक्षा र लगानी वातावरण बन्ने विश्वास गरेको छ ।


प्रकाशित | १८ जेष्ठ २०८०, बिहीबार १८:५२