काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटन लोकतन्त्र, गणतन्त्र र कम्युनिष्ट आन्दोलनविरुद्ध भएको आरोप लगाउनु भएको छ ।

बल्खुमा निर्माणाधीन पार्टी कार्यालयको अवलोकन गर्दै प्रचण्डले यस्तो बताउनु भएको हो । पार्टी कार्यालय बनाउने निर्णय आफ्नै अध्यक्षतामा अघिल्लो वर्ष बसेको केन्द्रीय समितिले गरेको अध्यक्ष दाहालको भनाई थियो ।
सो अवसरमा अर्का अध्यक्ष माधव कुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाललगायको पनि सहभागिता थियो ।
प्रकाशित | ९ पुष २०७७, बिहीबार १७:११