एनआरएनए जापानको निर्वाचन समिति पुनर्गठन, संस्थापक अध्यक्ष राजन प्रधानंग संयोजक तोकिए

जापान : गैरआवसीय नेपाली संघ रासप जापानको नवौं अधिवेसनको लागि गठन गरिएको निर्वाचन समिति पुनर्गठन गरिएको छ । एनआरएनए जापानको कार्यसमिति बैठकले आईसिसि सदस्य ओम गुरु संयोजक रहने गरी ३ सदस्यीय निर्वाचन समिति गठन गरेकोमा उक्त निर्वाचन समितिको सुझाव अनुसार आईसिसि पदाधिकारी र एन आर एन जापान कार्यसमिति पदाधिकारीहरूको संयुक्त बैठकले निर्वाचन समितिको शुझाबलाई अनुमोदन गर्दै निर्वाचन समितिलाई पुनर्गठन गरी समितिलाई पुर्णता दिएको जापानका महासचिव बुद्धिराज घिमिरेले जानकारी गराउनुभयो ।

टासी वाग्दी लामाको अध्यक्षमा बसेको बैठकले गैर आवसिय नेपाली संघ रासप जापानका संस्थापक अध्यक्ष राजन प्रधानंग संयोजक रहने गरि एनआरएनए जापानका पुर्व अध्यक्षहरु ओम गुरुङ ,रोशन केसी, पारसमणी पोखरेल ,सुदन थापा सहित सामाजिक ब्यक्तित्वहरू बेलुकाजी थापा, शालीकराम भन्डारी, बिजय थकाली, सरद गौचन सहितको १० जनाको समिति गठन गरेको छ। निर्वाचनलाई चुस्त दुरुस्त र प्रभाबकारी र निष्पक्ष गराउनको लागि सल्लाहकारमा भवन भट्ट र किरण बिक्रम थापा सहित कानुनी सल्लाहकारमा डा बलराम श्रेष्ठ र प्राबिधिक सल्लाहकारमा डा. बेद काफ्लेलाई चयन गरेको हो ।

निर्वाचन समितिले आफ़्नो कार्यभारको ज़िम्मेवार बहन गर्दै छिट्टैनै निर्वाचन तालिका, बिधि र प्रक्रिया सार्बजनिक गर्दै ई भोटिंग ( बिद्दूतिय प्रणाली) भोटिंग गर्ने तयारी गरि रहेको समिति सदस्य सचिव बेलु काजी थापाले जानकारी दिनुभयो । साथै निर्वाचन समितिलाई परिषदको बिधान २००४ को संशोधित सहितको बिधान २०१९ अनुसार कार्यसम्पादन गर्न गराउन एनसिसि जापानले अनुरोध समेत गरेको छ । बैठकले अधिवेसन सेप्टेम्वर ६ तारिक र निर्वाचन ८ तारिकमा गर्ने गरि यसअघि तय भइसकेको छ ।


प्रकाशित | २३ श्रावण २०७६, बिहीबार १०:३८