प्रधानमन्त्री ओलीलाई कारबाही गर्ने स्थायी समिति बैठकको निर्णय

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्न स्थायी समिति बैठकले प्रस्ताव गरेको छ । आईतबार बालुवाटारमा बसेको स्थायी समिति बैठकले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्न प्रस्ताव केन्द्रीय समितिमा लैजाने निर्णय भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

देश, जनता र पार्टीको भविष्यलाई नै अन्धकारतिर धकेल्ने तथा संविधानलाई असफल पार्ने कुकृत गरी प्रधानमन्त्रीले गम्भीर विश्वासघात गरेको ठहर स्थायी समिति बैठकले गरेको छ ।

प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्नेबारे छलफल गर्न पुस ७ गते काठमाडौंमा केन्द्रीय समिति बैठक बोलाइएको छ । त्यस्तै पूर्वसभामुख कृष्ण बहादुर महरालाई स्थायी समितिमा ल्याउने निर्णय पनि बैठकले गरेको छ ।


प्रकाशित | ५ पुष २०७७, आईतवार १८:१३