बजेटमा नयाँ योजनामाथि अंकुशः सांसदका योजनाहरु नै अलपत्र

काठमाडौँ : सरकारले आगामी आर्थिक वर्ष २०७६र०७७ को बजेटमा यसअघि सञ्चालनमा रहेका तर पूरा हुन नसकेका आयोजनाहरुलाई प्रशस्त रहक विनियोजन गर्ने भएको छ । यो समाचार आजको आर्थिक राष्ट्रिय दैनिकमा छ ।

अधूरा आयोजनामा बजेट कम दिँदा राज्यको रकम दुरुपयोग हुने र जनताले विकास आयोजनाहरुबाट लाभ लिन नसकेको निष्कर्ष निकाल्दै विगत वर्षदेखि निर्माणमा रहेका रकम अभाव भएका सबै आयोजनाको काम एक वर्षभित्र सक्ने गरी बजेट व्यवस्था गर्न लागेको हो ।

अधूरा आयोजना सम्पन्नमा जोड दिइरहँदा प्रधामन्त्री ओलीले भने केही दिनअगाडि सांसदहरुलाई नयाँ –नयाँ योजनाहरु संकलन गरेर ल्याउन अह्राएका थिए । अब सांसदका योजनाहरु के हुने भन्ने अन्योल सिर्जना भएको छ ।


प्रकाशित | २९ बैशाख २०७६, आईतवार ०९:०४