नेपालमा ५८८ जना नयाँ कोरोना संक्रमित भेटिए

काठमाडौँ । नेपालमा थप ५८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार ७७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ८ हजार ३२० रहेको छ ।


प्रकाशित | ५ पुष २०७७, आईतवार १६:४३