एकै दिन ३ हजार ५ सय ३७ संक्रमितले जिते कोरोना, २ हजार १११ थपिए, १३ को मृत्यु

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा २ हजार १ सय ११ जना कोरोना संक्रमित थपिएका छन् । यो सहित नेपालमा नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३ सय ५३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ३ हजार ५ सय ३७ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ६८ हजार १ सय २९ जना निको भएका छन्। पछिल्लो २४ घण्टामा १० हजार २२ जनाको पिसिआर परीक्षण भएको छ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार २०७ जना कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार काठमाडौंमा ९१९ ललितपुरमा १८० र भक्तपुरमा १०८ जनालाई कोरोना संक्रमण देखिएको छ।

आज देशभर ३७ हजार २२ सय जना सक्रिय संक्रमित छन्। देशभर क्वारेन्टाइनमा ९८६ जना रहेका छन् । पछिल्लो २४ घन्टामा १३ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या १ हजार २ सय २ पुगेको छ।


प्रकाशित | २८ कार्तिक २०७७, शुक्रबार १७:०४