नेपालकी भूमिका श्रेष्ठ लैंगिक समानता सम्बन्धी शीर्ष १०० व्यक्तिको सूचिमा

काठमाडौँ : नेपालकी भूमिका श्रेष्ठ लैंगिक समानता सम्बन्धी विश्वका १०० प्रभावशाली ब्यक्तीको सूचीमा पर्न सफल हुनुभएको छ । बेलायती संस्था एपोलिटकलले सार्वजनिक गरेको लैंगिक समानता सम्बन्धी शीर्ष १०० व्यक्तिको सूचिमा श्रेष्ठ पर्नुभएको हो । लैंगिक समानताको क्षेत्रमा विश्वमा नीति निर्माणमा सकारात्मक भूमिका खेल्ने व्यक्तिको सूचिमा तेस्रो लिंगी अर्थात लैंगिक अल्पसंख्यकको अधिकारको क्षेत्रमा वकालत गर्दै आउनुभएको छ । भूमिका स्वयम् तेस्रो लिंगी हुनुहुन्छ । ब्लु डायमन्ड सोसाइटीमा आबद्ध भूमिका तेस्रो लिंगी समूहको अधिकारका लागि क्रियाशील रहनुहुन्छ ।


प्रकाशित | १६ जेष्ठ २०७६, बिहीबार १६:४८