लोकसेवा तयारी गर्दा ध्यान दिनुपर्ने पक्ष

काठमाडोै : लोकसेवा तयारी गर्दा निम्न कुरामा ध्यान पुर्याउनुपर्छ;-

१. जुन तह र सेवाका लागि तयारी गर्न चाहेको हो, त्यससँग सम्बन्धित विषयवस्तु, परिभाषा, उक्त विषयको आयाम, सन्दर्भ विश्लेषण र सबल तथा र दुर्बल पक्ष राम्रोसँग पढ्नुपर्छ ।

२. हरेक विषयको सिद्धान्त र क्षेत्रका बारेमा गहिरो जानकारी हुनुपर्छ । नोट वा तयारी पुस्तकमा रहेका सामग्री रट्ने वा हुबहु लेख्ने गर्नुहुँदैन ।
विषयलाई राम्रोसँग बुझ्ने, उक्त विषयमा आफ्नो धारणा बनाउने र आफैँ विश्लेषण गरेर लेख्नुपर्छ । लेख्दा भाषा जतिसक्दो सरल बनाउन कोसिस गर्नुपर्छ ।

. हरेक विषयलाई उत्तिकै ध्यान दिनुपर्छ । बढीभन्दा बढी ज्ञान हासिल गर्नुपर्छ ।

. तयारीका क्रममा इन्टरनेटको जतिसक्दो धेरै प्रयोग गर्नुपर्छ । आफूले अध्ययन गरिरहेको विषयवस्तुमा नयाँ तथ्यांक वा मत अपडेट भयो कि भन्नेमा विशेष ध्यान दिनुपर्छ ।


प्रकाशित | ८ जेष्ठ २०७६, बुधबार ११:२६