मुलुक टुक्रिन नदिन संसद विघटन, चुनावका लागि तयार रहनुहोस् : मन्त्री गुरुङ

दोलखा । नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सुचना प्रविधि मन्त्री पार्वत गुरुङले मुलुक टुक्रिन नदिनका लागि संसद विघटन सिफारिस गरेको बताउनुभएको छ।

शनिवादेखि गृह जिल्ला भ्रमणमा रहनुभएका मन्त्री गुरुङले गौरीशंकर गाउँपालिका वडा नम्बर ७ मार्बुले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै देशी विदेशीको चलखेलले मुलुक दुर्घटनामा पर्ने सम्भावना बढेकोले नयाँ जनादेश लिन संसद विघटनका लागि राष्ट्रपति समक्ष संसद विघटन सिफारिस गर्नुपरेको बताउनुभयो ।

‘पार्टी भित्रैबाट षड्यन्त्र भएको छ यसले राष्ट्र र राष्ट्रियतामा गम्भीर शंकट आउछ’, उहाँले भन्नुभयो, ‘ मुलुकलाई एकताबद्ध बनाउन र विदेशी चलखेल हुन नदिनका लागि पनि सम्माननीय प्रधानमन्त्री ज्युले संसद विगठनको सिफारिस राष्ट्रपति समक्ष गर्नुभएको हो।’

मन्त्री गुरुङले मध्यावधि चुनाबको तयारीमा लाग्न नेपाली जनतालाई आव्हान गर्नुभयो। उहाँले मुलुकको समृद्धि र विकासका लागि बर्तमान सरकार प्रतिबद्ध भएर लागिरहेको पनि स्पष्ट पार्नुभयो।


प्रकाशित | ५ पुष २०७७, आईतवार १५:४९