एजेन्सी । युरोपको विभिन्न ११ शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलको समूह चरणको खेलहरु सकिएको छ । बुधबार राति भएको अन्तिम चार खेलसँगै युरोकपको समूह चरणको खेल सकिएको हो ।
समूह चरणको खेल सकिएसँगै प्रतियोगिताको नकआउट चरणमा पुग्ने टोलीको समेत टुंगो लागेको छ । नकआउट चरणमा १६ टिमले स्थान बनाएका छन् । ६ समूहको शीर्ष दुई र समूहको तेस्रो स्थानमा प्राप्त गर्ने मध्येको उत्कृष्ट चार टिमले अन्तिम १६ को यात्रा तय गरेका हुन् ।
यस पटक साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, इटाली, जर्मनी, वेल्स, डेनमार्क,अष्ट्रिया, नेदरल्यान्ड्स, चेक रिपब्लिक, बेल्जियम, क्रोएसिया, स्पेन, स्विट्जरल्यान्ड, इंग्ल्यान्ड, युक्रेन र स्विडेनले नकआउट चरणमा स्थान बनाएका छन् । नकआउट चरणको खेलहरु शनिबारबाट सुरु हुनेछ ।
अन्तिम १६ का प्रतिद्वन्दी
वेल्स विरुद्ध डेनमार्क
इटाली विरुद्ध अष्ट्रिया
नेदरल्यान्ड्स विरुद्ध चेक रिपब्लिक
बेल्जियम विरुद्ध पोर्चुगल
क्रोएसिया विरुद्ध स्पेन
फ्रान्स विरुद्ध स्विट्जरल्यान्ड
इंग्ल्यान्ड विरुद्ध जर्मनी
स्विडेन विरुद्ध युक्रेन
प्रकाशित | १० असार २०७८, बिहीबार १२:०७