मन्त्रालयको भागबन्डा टुंग्याउन गठबन्धनको बैठक बस्दै

काठमाडौं -मन्त्रालयको भागबन्डा टुंग्याउन सत्तारुढ गठबन्धनको बैठक आज अपराह्न ४ बजे बस्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफलपछि आज अपराह्न ४ बजेका लागि बैठक बोलाएका हुन ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेस ८ वटा मन्त्रालयसहित सरकारमा जाने तयारी अवस्थामा छ भने अन्य साना दललाई कसरी व्यवस्थापन गर्ने ? भन्ने बारेमा गठबन्धनको बैठकमा छलफल हुनेछ ।


प्रकाशित | १४ चैत्र २०७९, मंगलवार ०८:०२