तरकारीको भाउ मनपरी

काठमाडौँ । पछिल्लो पटक तरकारीको भाउ महँगो भएपछि धेरै उपभोक्ताको भान्सामा तरकारी नै कम पाक्न थालेको छ । तरकारीको मागअनुसार आपूर्ति नहुँदा मनपरी भाउ बढेको हो । चार जनाको परिवारलाई डेढ सय रुपियाँको तरकारीले एक छाक टार्न गाह्रो हुन थालेको छ ।

तरकारीबाहेक मरमसला, नुन तेलसमेत गर्दा एक छाक तरकारीको १८० रुपियाँ परेको उपभोत्ताहरु बताउँछन् । निषेधाज्ञा खुलेपछि तरकारीको भाउ घट्ने आशा भएपनि झन् महँगिएको उनिहरुको गुनासो छ । समाचार आजको गोरखापत्र दैनिकमा छ ।


प्रकाशित | २६ असार २०७८, शनिबार ०७:१०