उपत्यकामा जारी निषेधाज्ञा एक साता लम्बियो, यी क्षेत्र भने खुल्ने

काठमाडौं । काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थपीएको छ । काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

निषेधाज्ञा केहि खुकुलो बनाउँदै होटल रेष्टुरेन्टले अब ‘टेक अवे’ सेवा शुरु गर्न पाउने भएका छन् । अनलाईन मार्फत अर्डर लिएर विहान ७ बजेदेखि टेक अवे सेवा दिन पाउने निर्णय भएको हो ।

त्यस्तै, अब तरकारी, खाद्यान्न, डिपार्टमेन्ट स्टोर तथा फलफुल पसल ११ बजेसम्म खोल्न पाइनेछ । साथै पुस्तक पसल पनि बिहान ११ बजेसम्म खुल्नेछन् । हार्डवेयर पसल अपरान्ह ४ बजेपछि खोल्न पाइनेछ । त्यस्तै, कृषि कार्य सञ्चालन गर्न र भिसा लिनका लागि सहजिकरण गरिने भएको छ ।

त्यस्तैगरि, वर्कसपहरू बिहानदेखि बेलुकीसम्मै खोल्न पाइने भएको छ । अत्यावश्यक सेवाका लागि यातायातका साधन आफ्नो कार्यालयद्वारा जारी परिचय पत्र वा प्रमुख जिल्ला अधिकारीले जारी गरेको पासका आधारमा सञ्चालन गर्न दिइने छ। एम्बुलेन्स, शव बाहनलगायत स्वास्थ्य सेवामा खटिने साधनले परिचय पत्र देखाउनु पर्दैन।

बैंक तथा वित्तीय संस्थाका लागि पनि केही नियम खुकुलो बनाइएको छ। वित्तीय संस्था सातामा दुई दिन खोल्न दिने निर्णय भएको छ। बैंकहरूको अरू शाखा खोल्नका लागि राष्ट्र बैंकले नियम ल्याउने छ।


प्रकाशित | ३० जेष्ठ २०७८, आईतवार १६:४१