टहल आचार्य
कतै काख रित्तीएर कतै स्युँदो खाली भयो,
क्रान्तिको पाखाभित्ता लासै लासको आली भयो ।
जनताको रगत आँशु पसिनाले भिजीराको,
यो नेपाल नेतालाई मोती फल्ने बाली भयो ।
पद प्रतिष्ठा र पैसा राज्य सत्ता हत्याउँदा,
फलाम सम्म नहुनेको यहाँ सुनको फाली भयो ।
सुवास र सुन्दरता नबुझेको मान्छे पनि,
चार जात छत्तिस वर्ण फुलबारीको माली भयो ।
स्वार्थको त्यो डँढेलोले सुकेको र ओईलीएको,
अलि अलि गर्दै देश पात झरेको डाली भयो ।
कालिञ्चोक गाउँपालीका-८ सुनखानी, दोलखा
प्रकाशित | ४ पुष २०७७, शनिबार २०:५३