राजकुमार रावले एकैपटक गरे तीनवटा फिल्ममा हस्ताक्षर

एजेन्सी । पछिल्लो समय चर्चामा रहेका भारतीय अभिनेता राजकुमार रावले एकसाथ तीन फिल्म साइन गरेका छन् । आफ्नो कामबाट दर्शकलाई प्रभावित बनाइराखेका राजकुमारले नयाँ फिल्म साइन गरेका हुन् ।

स्पाटब्यायले तयार पारेको समाचार अनुसार राजकुमार र वाशु भगनानीको प्रोडक्सन हाउसबीच सम्झौता भएको हो । राजकुमार रावलाई तीनवटै प्रोजेक्ट मन परेपछि फिल्म गर्न राजी भएका हुन् ।

खबरका अनुसार राजकुमारले एक फिल्मका लागि १० करोड भारु पारिश्रमिक लिनेछन् । कोरोना भाइरस महामारीपछि राजकुमार रावलाइ थप सफल हुने अनुमान गरिएको छ ।

आगामी वर्ष राजकुमारको फिल्म ‘बधाई दो’ रिलिज हुनेछ । उक्त फिल्मका लागि भनेर उनले आफ्नो ज्यान पनि बनाइरहेका छन् ।


प्रकाशित | ४ पुष २०७७, शनिबार १२:०६