सवारीमा लागू भएको जोरबिजोर प्रणाली आजबाट हट्यो

काठमाडौँ । काठमाडौँ उपत्यकामा चल्ने सवारीसाधनमा लागू गरेको जोरबिजोर प्रणाली आजबाट हटेको छ ।
सार्वजनिक यातायातमा यात्रुको भीड बढ्न थालेपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पहलमा गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।
यातायातकर्मी, व्यवसायी र यात्रुहरुले पछिल्लो समय सार्वजनिक यातायातमा भिडभाड बढेपछि जोरबिजोर प्रणाली हटाउन माग गर्दै आएका थिए ।
सरकारले साउनदेखि लकडाउन खुकुलो बनाएर कोरोना संक्रमणलाई लक्षित गरी काठमाडौं उपत्यकाभित्र चल्ने सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेको थियो ।


प्रकाशित | ३ पुष २०७७, शुक्रबार ०८:२३