वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन

काठमाण्डौ : वरिष्ठ कलाकार सुभद्रा अधिकारीको आज निधन भएको छ । केही समयदेखि दम रोगबाट ग्रसित अधिकारीको शनिबार बिहान डल्लुमा रहेको आफ्नै घरमा निधन भएको हो । २००३ सालमा काठमाण्डौको असनमा जन्मनुभएकी अधिकारीले थुप्रै नेपाली चलचित्रमा अभिनय गर्नुभएको थियो । ६ वर्षको उमेरमा उहाँले नेवारी नाटक ‘कचिमचा’ अर्थात् ‘काँचो माटो’ बाट अभिनय यात्राको सुरुवात गर्नुभएको थियो ।

उहाँले अभिनय गरेका चर्चित चलचित्रहरुमा कन्यादान, चिनो, भाउजूलगायत छन् । खासगरी उहाँले ‘कन्यादान’ निभाएको भूमिकाका लागि धेरैले सम्झन्छन् । पारिवारिक स्रोतका अनुसार उहाँलाई शनिबार दिउँसो १ बजेपछि पशुपति आर्यघाटमा श्रद्धाञ्जली दिने र आजै अन्तिम संस्कार गरिनेछ ।


प्रकाशित | ३२ श्रावण २०७६, शनिबार १२:५०