क्यानडा भ्रमणमा रहेका सयौ नेपालीलाई स्वदेश फर्कने व्यबस्था मिलाइदिन एनआरएनएको माग

क्यानडा: गैर आवासीय नेपाली संघ (एनआरएनए ) ले क्यानडा भ्रमणमा आएका नेपालीहरुको तथ्यांक संकलन गरि स्वदेश फीर्ता गर्ने वातावरण मिलाइदिन सरकारसँग माग गरेको छ ।  क्यानडा भ्रमणमा आएका नेपालीहरुको तथ्याङ्क ठ्याक्कै यकीन नभए पनि करिब ५०० जनाको हाराहारीमा रहेको हुनसक्ने भन्दै एनआरएनएले तत्काल स्वदेश फीर्ता गर्ने वातावरण मिलाउन सरकारसँग माग गरेको हो ।

‘क्यानडा भ्रमणमा आउनु भएका नेपालीरुको तथ्यांक सरकारी तवरबाट सङ्कलन गरी नेपाल फर्कन चाहने नेपालीहरुलाई यथासक्य चाँडो सहयोग गर्नका लागि जोडदार माग गर्दछौ’, एनआरएनए क्यानडाले सरकारको ध्यानाकर्षण गराउँदै भनेको छ ।

परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले कोभिड १९ प्रभावीत विभिन्न देशका एनसिसी अध्यक्षसँग गर्नुभएको छलफलको क्रममा एनआरएनए क्यानडाका अध्यक्ष चिरञ्जीवी घिमिरेले भ्रमणमा रहेका नेपालीहरु समस्यामा परेको भन्दै तत्काल उद्धार गर्ने वातावरण मिलाइदिन सरकारको ध्यानर्कषण गराउनुभएको हो ।

अध्यक्ष घिमिरेले भिडियो कन्फरेन्समा बोल्नुहुँदै करिब ४० हजारको हाराहाारीमा नेपाली रहेको क्यानडामा अहिलेसम्म कोही पनि नेपाली कोरोनाको कारण अस्पतालमा भर्ना हुन नपरेको जानकारी गराउँदै ३ जना नेपालीहरुमा भने माइल्ड सिम्प्टोम्स देखिएका कारण घरमै आइसोलेसनमा बसीरहेको बताउनुभयो ।

क्यानडामा करिब ७०० जना नेपाली अन्तर्राष्ट्रिय बिद्यार्थीहरु भएको जानकारी भए पनि एनआरएन क्यानडाको सम्पर्कमा भने ४५० बिद्यार्थीहरु मात्र आएको जानकारी गराउँदै अध्यक्ष घिमिरेले क्यानडा सरकारले बिद्यार्थीहरुलाई लक्षित गरि राहतका कार्यक्रम ल्याए पनि जनबरी सेसनको लागि आएका करिब २०० विद्यार्थीहरु भने यो सुबिधाबाट बञ्चित भएको उल्लेख गर्नुभयो ।

अध्यक्ष घिमिरेले अन्तर्राष्ट्रिय बिद्यार्थीहरुले नेपालबाट पैसा ल्याउन कठिनाइ भोगिरहनु परेकोले उक्त अवस्थालाई सहज बनाउनका लागि नेपाल सरकारको गम्भिर ध्यानाकर्षण समेत गराउनुभयो ।

साथै अन्तर्राष्ट्रिय नेपाली बिद्यार्थीहरुको आगामी सेमेस्टरको लागि कलेज वा युनिभर्सिटीमा तिर्नुपर्ने फी नेपालबाट अहिले ल्याउन नसकिने हुँदा त्यो प्रक्रियामा यथासक्दो छिटो कुनै बित्तीय सस्थासँग सहकार्य गरि हदैसम्मको सहज गर्न वा अन्य कुनै बिकल्पको खोजी गर्न पनि माग गर्नुभयो ।

Image may contain: 8 people, text

अध्यक्ष घिमिरेले अन्तरास्ट्रिय नेपाली बिद्यार्थीहरुको तथ्यांक संकलन गरि बिभिन्न संघ सस्थाहरुको समन्बय एबम सहयोगमा क्यानडाका बिभिन्न सहरहरुमा सहयोगका कार्यक्रमहरु जारी राखिएको समेत जानकारी गराउनुभयो ।

‘बिद्यार्थीहरु एबम सहयोग चाँहने नेपालीहरुलाई खाद्यान्न, सेनिटाईजर, ग्लोभ्स, मास्क बितरण गरिरहेका छौ’, अध्यक्ष घिमिरेले भन्नुभयो, ‘कोरोना संक्रमीत नेपालीहरुलाई आवश्यकता अनुसार चाहिने सामाग्री तथा आबश्यक परेमा आइसोलेसनमा बस्नको लागि स्थानको पनि ब्यबस्था गर्न एनआरएन क्यानडा तयार रहेको जानकारी गराउन चाहान्छु ।’

क्यानडामा आपतकालिन राहत कोष खडा गरिएको र उक्त राहत कोषमा नेपाली राजदुताबासबाट राजदूत भृगु ढुङाना, अबैतानिक महाबाणिज्य दुतहरु डा.कुन्जर शर्मा र स्टीफन हेसलगायत नेपाली समुदायका सम्पुर्ण संघ सस्थाहरुको सहभागिता एबम सकृयतामा १६ हजार डलर जम्मा भैसकेको जानकारी गराउनुभयो ।

कोरोना सङ्क्रमणबाट आफ्नो देशका नागरिकहरुको सुरक्षा एवंम सहयोगका लागि विदेश स्थित नेपाली दुताबास, राजदुतहरु, अबैतानिक महाबाणिज्यदुतहरु, गैर आबासिय नेपाली संघ र उपस्थित सम्पुर्ण रास्ट्रीय समन्यय समितिहरुले सम्बन्धित देशमा गरेका सम्पुर्ण कार्यक्रमहरुको खुलेर प्रशंसा गर्नुभएको थियो ।

सो अवसरमा मन्त्री ज्ञवालीले विदेशमा रहेका लाखौ नेपाली श्रमीकहरु, अध्ययनको सिलसिलामा बिदेशमा रहेका बिद्यार्थीहरु, बिदेश भ्रमणमा रहेका नेपालीहरु तथा स्थायी रुपमा प्रवाशमा बसोबास गर्ने नेपालीहरु तथा नेपाली मुलका सम्बन्धित देशका नागरिकहरुको स्वास्थ्य एबम सुरक्षामा नेपाल सरकारले आफ्नो स्रोत साधनले म्याएसम्म उच्च प्राथमिकता दिदैं सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको थियो ।


प्रकाशित | १६ बैशाख २०७७, मंगलवार ०९:५६