अध्यादेश जारी हुनुमा प्रचण्ड र देउवा मुख्य जिम्मेवार रहेको बिजुक्छेको आरोप

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी हुनुमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा बढी जिम्मेवार रहेको बताउनुभएको छ

अध्यक्ष बिजुक्छेले प्रचण्ड र देउवाकै कारण सरकार संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्नुपर्ने बाध्यात्मक अवस्थामा पुगेको स्पष्ट पार्नुभयो ।

अध्यक्ष बिजुक्छेले प्रमुख विपक्षी दलका नेता र सभामुखको हैसियतामा बैठक बहिष्कार गरेपछि यस्तो अवस्था सिर्जना भएको बताउनुभयो ।


प्रकाशित | १ पुष २०७७, बुधबार १४:५६