श्रीलंका आक्रमण: कोही नेपाली हताहत नभएको राजदूतको भनाइ

कोलम्बो : श्रीलंकाको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं गिर्जाघर (चर्च) सहित देशका पूर्वी भेगमा भएका ६ वटा शृंखलाबद्ध विस्फोटमा मृत्यु हुनेको संख्या १८५ जना पुगेको छ । मृत्यु हुनेमा ३५ जना विदेशी नागरिकसमेत रहेको जनाइएको छ । विस्फोटका कारण अरू करिब ५०० व्यक्ति घाइते भएका छन्।

राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र होटलमा गरी ४५ जनाको ज्यान गएको छ भने राजधानी नजिकको नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्च विस्फोटमा ६७ जनाको मृत्यु भएको छ। सेन्ट एन्थोनी विस्फोटमा कम्तीमा १६० जना घाइते भएका र उनीहरुलाई उपचारका लागि कोलम्बो नेसनल अस्पतालमा भर्ना गरिएको छ।

त्यस्तै, आइतबार बिहान श्रीलंकामा भएको श्रृङ्खलावद्ध विष्फोटमा कोही नेपाली पनि हताहत नभएको श्रीलंका स्थित नेपाली राजदूत विश्वम्भर प्याकुरेलले बताउनुभएको छ । राजदूत प्याकुरेलले नागरिक दैनिकसँगको कुराकानीमा कोही पनि नेपालीको हताहत नभएको बताउनुभएको समाचारमा जनाइएको छ । राजदूता ब्याकुरेलले भन्नुभएको छ, यहाँको सरकारी विदा हो सबै कार्यालयहरु बन्द छन्। तर अहिले सम्म हामीलाई त्यस्तो कुनै जानकरी आएको छैन।


प्रकाशित | ८ बैशाख २०७६, आईतवार १७:२५