काठमाडौं। पूर्वी उपत्यका मोबाइल इलेक्ट्रोनिक्स व्यवसायी संघको चौथो साधारण सभा तथा दोस्रो अधिवेशले रमेश कुमार घिमिरेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ ।

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा हरिबोल दंगाल र उपाध्यक्षमा बिक्रम केसी चयन हुनुभएको छ । महासचिवमा सुरज थापा, सचिवमा प्रकाश कार्की, कोषाध्यक्षमा एकराज शिवाकोटी, वरिष्ठ सदस्यमा राम न्यौपाने र सदस्यहरुमा क्रमश उमेश श्रेष्ठ, समीर तिमल्सिना, भुबन आचार्य, अबिनाश तिमल्सिना चयन हुनुभएको छ । कार्यक्रम पेप्सिकोला स्टार क्याफेमा सम्पन्न भएको थियो ।

नेपाल मोबाइल बितरक संघका अध्यक्ष दिनेश चुल्ह्यादोको प्रमुख आतिथ्यतामा सो अधिवेशन सम्पन्न भएको हो। संघ ब्यवसायीक हितका साथै विभिन्न सामाजिक कार्यहरुमा समेत अग्रसर हुँदै आएको छ ।

त्यस्तै, अध्यक्ष रमेश कुमार घिमिरेले संघलाई अगाडि बढाउन आगामी दिनमा अझ सशक्त रुपमा लागिपर्ने र यस क्षेत्रका व्यवसायीहरुको सुरक्षा तथा स्तरोन्नतिका लागि विभिन्न कार्यक्रमहरु ल्याइने पनि जानकारी गराउनुभयो । सो कार्यक्रम राम न्यौपानेले सञ्चालन गर्नुभएको थियो ।

त्यस्तै, अध्यक्ष घिमिरेले चाँडै संघको वेभसाइट बनाई सम्पुर्ण जानकारी वेभसाइट मार्फत सार्वजनीक गरिने जानकारी गराउनुभयो ।


प्रकाशित | २८ मंसिर २०७७, आईतवार ११:२६