सन्दीपले लिए पञ्जावको तीन विकेट

काठमाडौं: इण्डियन प्रिमियर लिग (आइपीएल )मा किंग्स पञ्जावविरुद्धको खेलमा दिल्ली क्यापिटल्सबाट खेलिरहेका नेपाली स्पिनर सन्दीप लामिछानेले तीन विकेट लिएका छन्।  किंग्स इलेभन पन्जाबविरुद्धको खेलमा सन्दीपले आफ्नो तेस्रो ओभरमा दुई विकेट हात पारेका थिए । उनले तेस्रो ओभरको दोस्रो बलमा क्रिश गेल र अन्तिम बलमा साम कुरानलाई आउट गरे । यसअघि आफ्नो पहिलो ओभरमा सन्दीपले केएल राहुललाई आउट गरेका थिए। ३ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिएका छन् ।


प्रकाशित | ७ बैशाख २०७६, शनिबार २१:४६