राष्ट्रपति भण्डारी कानून दिवसको अवसरमा आयोजित चियापान समारोहमा सरीक

काठमाडौं: कानून दिवसको अवसरमा आयोजित चियापान कार्यक्रममा राष्ट्रपति विद्या भण्डारी सरीक हुनुभएको छ । कानून दिवसको अवसर पारेर सर्वोच्च अदालतले आज आयोजना गरेको चियापान समारोहमा सहभागी हुनुभएको हो । समारोह रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमा आयोजना गरिएको थियो । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, कार्यबहाक प्रधानमन्त्री ईश्वर पोखरेल, प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबरा, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सर्वोच्च अदालतका न्यायाधिशहरुलगायतको पनि उपस्थिति रहेको थियो ।


प्रकाशित | २६ बैशाख २०७६, बिहीबार १८:२६