प्रतिमा शिवाकोटीको गजल संग्रह (भाग ५)

धारिलो त्यो हतियारले बाँझो जमिन फोड्नुपर्छ ,
ज्ञान् बिज्ञान विद्या बिबेक बिकास तिर मोड्नु पर्छ ।

ब्यक्ति समाज सिङगो देश अझै राम्रो बनाउन,
कुरित र कुसंस्कार लाई आजै बाट छोड्नुपर्छ ।

उद्योग धन्दा कल कारखाना प्रविधि नि नभै हुन्न
कर्णालीको माटो पनि सडकले जोड्नु पर्छ ।

शोषण दमन भ्रष्ट्रचार अन्याय र अत्याचारलाई ,
सत्कर्म र ऋषि मनले एक एक गरि गोड्नु पर्छ ।

सफलताको शिखर चुम्ने प्रतिभाको सम्मान गर्दै
नाम दाम इनाम सहित दोसल्ला नि ओढ्नु पर्छ ।

कालिञ्चोक गाउँपालिका ८, दोलखा, सुनखानी


प्रकाशित | २० मंसिर २०७७, शनिबार ११:२३