आज मेघगर्जन र हावाहुरीसहित पानी पर्ने

काठमाडौं: केहि दिन देखि लगातार वर्षा भइरहेको छ । यो क्रम आज पनि जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशभरको मौसम पनि आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । आइतबार दिउँसोपछि काठमाण्डौसहित पूर्वी नेपालमा हावाहुरी र चट्याङसहित वर्षा हुने मौसमविद्हरुको पूर्वानुमान छ । अहिले प्रिमनसुन (मनसुन सुरु हुनुभन्दा पहिले) को समय भएकाले उपत्यकासहित देशभरको पहाडी क्षेत्रमा केही दिनदेखि नियमितजसो वर्षा भैरहेको महाशाखाको भनाइ छ ।


प्रकाशित | १९ जेष्ठ २०७६, आईतवार ०८:२२