बार्सिलोनामा ग्रिजम्यानको दर्ता रोक्ने माग

एजेन्सी : एट्लेटिको मड्रिडले बार्सिलोनाका फरवार्ड एन्टोनी ग्रिजम्यानको दर्ता रोक्न माग गरेको छ । ला लिगाका अध्यक्ष जाभियर टेबसले घटनाको पुष्टि गर्दै एट्लेटिको मड्रिडले बार्सिलोनामा नयाँ खेलाडीको दर्ता रोक्न माग गर्दै निवेदन दिएको बताएका छन् ।

खेलाडी रिलिज क्लजको बिषयमा भएको विवादका कारण एट्लेटिकाले ग्रिजम्यानको दर्ता रोक्न आग्रह गरेको हो ।

बार्सिलोनाले गत हप्ता विश्वकप विजेता खेलाडीलाई अनुबन्धन गरेको बताएको थियो । उसले २८ बर्षिया खेलाडीलाई १ सय ८ मिलियनको रिलिज क्लाज अनुसार अनुबन्धन गरेको थियो ।

तर एट्लेटिकोले सो रकम पर्याप्त नभएको बताएको छ । उसले ग्रिजम्यानलाई जुलाई १ अघिनै क्याप नाउमा स्थानान्तरको लागि सहमती ब्यक्त गरिएको दाबी गरेको छ । जसले गर्दा एट्लेटिकोले १ सय ८० मिलियन पाउण्डको रिलिज क्लज १ सय ८ मिलियन पाउण्डमा घटाउनु परेको थियो ।

ग्रिजम्यानले गत मंगलबार बार्सिलोनाको जर्सीमा डेब्यु गरेका थिए । ग्रिजम्यानको डेब्यु खेलमा बार्सिलोना प्रिमियर लिग क्लब चेल्सीसंग पराजित हुन पुगेको थियो ।

तर ला लिगा अध्यक्ष टेबसले एट्लेटिकोले स्पेनिस लिगलाई खेलाडी दर्ता रोक्न अनुरोध गर्दै पत्र लेखेको बताएका छन् । एट्लेटिकाले सो प्रक्रिया अघि बढाउन सम्भव रहेको समेत बताएको टेबसले उल्लेख गरेका छन् ।

‘एट्लेटिकोले हामीलाई पत्र लेख्दै बार्सिलोनामा ग्रिजम्यानको लाईसेन्सलाई अनुमती दिने वा नदिने हो भनेर सोधेको छ ।’ उनले भनेका छन् ।

‘यसलाई प्रक्रियामा राखिएको छ । जसले यसलाई हेरिरहेका छन् । उनीहरु यसलाई समाधान गर्ने उद्वेश्यले आउन आवश्यक छ ।’ उनले थपेका छन् ।

एट्लेटिकोले सन् २०१७ को डिसेम्बरमा बार्सिलोनाले ग्रिजम्यानका लागि गरेको अवैध प्रस्तावको बिषयमा फिफामा उजुरी समेत दिएको थियो ।तर पछिल्लो समरमा ग्रिजम्यानले बार्सिलोनाको प्रस्ताव अस्विकार गरेका थिए । तर एट्लेटिकाले बार्साले पुन मार्चमा उनीसंग कुरा गरेको दाबी गर्दै स्पेनिस च्याम्पियनले अनादार गरेको आरोप लगाएको छ ।


प्रकाशित | ९ श्रावण २०७६, बिहीबार १४:५६